मास्क लगाउने र खोल्ने सही तरिका #Covid19 #UsingMasks
Manage episode 311177806 series 3087031
कोरोना भाइरस महामारी सँगै यसबाट बँच्न हाम्रो जीवन पद्दतीमा थुप्रै परिवर्तन गर्नु परेको छ । यसमध्ये एक प्रमुख कुरा मास्क पनि हो । कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको अवस्थामा मास्क लगाउनु अनिवार्य मात्र होइन औषधी जस्तै बन्न पुगेको छ । आफूलाई संक्रमणको जोखिमबाट बचाउन आफ्नो घरबाट बाहिर निस्केर जुनसुकै ठाउँमा जाँदा पनि मास्क लगाउनु अनिवार्य शर्त बनिसकेको छ ।
यद्यपी मास्क सामाजिक दूरीको विकल्प कदापी होइन । संक्रमणबाट जोगिन एकआपसमा दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्नु आवश्यक भएको विज्ञहरू बताउँछन् । मास्क लगाउँदैमा कोरोना संक्रमितको दर घट्छ भन्ने कुरा जापानले देखाइसकेको छ ।
--- Support this podcast: https://podcasters.spotify.com/pod/show/gandakinews/support344 episoder